राष्ट्रघाती विधेयकलाई पराजित गर्न मसालको आह्वान

काठमाडौ । नेकपा (मसाल) ले राष्ट्रघाती संविधान संशोधन विधेयकलाई पराजित गर्नु सम्पूर्ण देश र जनताका लागि निर्णयात्मक महत्वको कुरा बन्न गएको बताएको छ । मधेशवादी दल राजपालाई निर्वाचनमा सहभागी बनाउने नाममा वर्तमान सत्ता गठबन्धनले, प्रचण्ड सरकारकै पालामा व्यवस्थापिका–संसदमा अघि बढाइएको संविधान संशोधन विधेयकलाई पारित गराउनका लागि कसरत गरी रहेको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले... [ Read more → ]

ट्रक र टिप्परलाई समय सीमा

काठमाडौँ । सरकारले २०७४ असार २८ गतेबाट काठमाडौँको चक्रपथ (रिङरोड) मा पनि ट्रक, टिप्पर र मिनी ट्रकहरु चल्न रोक लगाउने भएको छ । सवारी जाम हुने पिक समयमा रिङरोडमा पनि ट्रक, टिप्पर र मिनी ट्रकमा रोक लगाउने निर्णय गरेको हो । यातायात ब्यवस्था विभागको पहलमा २०७४ असार २६ गते बसेको सरोकारवालाको बैठकले जाम बढी हुने... [ Read more → ]

रिलायबल ग्लोबललाई प्राप्ति

काठमाडौँ । ग्लोबल आइएमई बैङ्कले रिलायबल डेभलपमेन्ट बैङ्कलाई २०७४ असार २५ गते प्राप्ति (एक्विजिसन) गरी एकिकृत कारोबार सञ्चालन गरेको छ । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको उदघाटन गरेका थिए । गत ११ वर्षदेखि बैङकिङ कारोबार गर्दै आएको राष्ट्रिय स्तरको रिलायबल डेभलपमेन्ट बैङ्कले ग्रामीण स्तरसम्म १७ वटा शाखा मार्फत् बैङ्किङ कारोबार गर्दै... [ Read more → ]

क्यान्सर पीडितलाई सहयोग

बागलुङ । जापान नेपाली एकता समाजको ओसाका क्षेत्रीय समितिले एक क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । एकता समाजले फोक्सोको क्यान्सरबाट पीडित बागलुङको दुदिलाभाटी माइत भई हाल चितवनको भरतपुर बस्दै आउनु भएकी यम कुमारी शर्मा खरेललाई उपचारका लागि आर्थिक सहयोग गरेको हो । समाजका अध्यक्ष कमल कार्कीको सक्रियतामा सङ्कलित नेपाली ५१ हजार एक सय ५१... [ Read more → ]

२२ लाख नयाँ बैंक खाता थपिए

काठमाडौँ । सरकारले ‘एक व्यक्ति एक खाताको नीति’ सार्वजनिक गरी कडाइका साथ लागु गर्न थालेपछि नयाँ २२ लाख निक्षेप खाता थपिएका छन् । नेपाल राष्ट्र बैङ्कका अनुसार २०७३ जेष्ठ मसान्तसम्म निक्षेप खाता सङ्ख्या एक करोड ६६ लाख रहेकोमा २०७३ चैत मसान्तसम्म निक्षेप खाता सङ््ख्या एक करोड ८८ लाख पुगेको हो । सरकारले चालु आ.व. को... [ Read more → ]

मुग्लिन–नारायणगढ खण्डका ४५ घर सारिने

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिराको उच्च जोखिममा रहेका ४५ घरलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि प्रक्रिया अघि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टका अनुसार उनीहरुलाई भौतिक संरचनाको मुआव्जा माग गरी निवेदन दिनका लागि २०७४ असार २७ गते सात दिने सूचना जारी गरिएको छ । त्यसै गरी मुआब्जा निर्धारण गर्न सहायक प्रजिअ नेत्रप... [ Read more → ]

भारतले नेपाललाई सिक्किम बनाउन खोज्यो ः चिनियाँ विज्ञ

काठमाडौँ । भारतले भुटान र नेपाललाई पनि सिक्कम झैँ आफूमा मिलाउन खोज्दा समस्या उत्पन्न भएको आरोप चिनियाँ विज्ञले लगाएका छन् । भुटान र नेपालका लागि सिक्किम बन्नबाट बच्नु नै पहिलो चुनौती रहेको चिनियाँ विज्ञको ठहर छ । भुटान र नेपालको आन्तरिक मामिला, सार्वभौमिकता, राष्ट्रिय प्रतिरक्षा र स्वतन्त्रतामा भारतले नाङ्गो हस्तक्षेप र नियन्त्रण जारी राखेकोमा चिनियाँ... [ Read more → ]

गोर्खाल्यान्डका लागि भोक हड्ताल

दार्जिलिङ । भारत सरकार आफ्नो मागप्रति गम्भीर नभएपछि गोर्खाल्यान्डका पक्षधरहश्रले भोक हडतालदेखि दिल्ली धर्नासम्मको कार्यक्रम निश्चित गरेका छन् । गोर्खाल्यान्ड मुभमेन्ट कोअर्डिनेसन कमिटी (जी.एम.सी.सी.) को २०७४ असार २७ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । असार २७ गते जी.एम.सी.सी. ले गरेका निर्णय अनुसार दार्जिलिङमा अनिश्चित कालीन बन्द जारी राखिने छ भने १५ जुलाईदेखि गोर्खाल्यान्ड... [ Read more → ]

राजदण्ड पत्ता लगाउन अपिल

प्युठान । ओखरकोट पर्यटन एवं ग्रामीण विकास सेवा समिति प्युठानले ओखरकोटको कोटबाट दुई वर्ष पहिले हराएको राजदण्ड पत्ता लगाउन सरकार पुरातात्िवक विभाग र झिमरुक गाउँपालिकासित अपिल गरेको छ । त्यो राजदण्डको ऐतिहासिक महत्व रहेको भन्दै समितिले उक्त राजदण्ड चोरीको मुद्दाबारे छानबिन गर्न पनि माग गरेको छ । ओखरकोट पर्यटन एवं ग्रामीण विकास सेवा समिति प्युठानकी... [ Read more → ]

मतदाता नामावली संकलन साउन १ गतेदेखि

काठमाडौँ । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको आगामी निर्वाचन प्रयोजनका लागि २०७४ साउन १ देखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलन कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवको अध्यक्षतामा २०७४ असार २६ गते बसेको बैठकले मतदाता नामावलीमा नाम समावेश गर्न नाम दर्ता कार्यक्रम... [ Read more → ]